१० जेष्ठ २०८३, आइतबार | Sun May 24 2026

साहित्य र कलाको माध्यमबाट विज्ञान र प्रविधिको प्रवर्द्धन गर्ने कार्यविधि तयार गर्न समिति गठन

२९ कात्तिक, काठमाडाैँ । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान, नास्टले विज्ञान प्रविधिमा साहित्य र कला कार्यक्रमको कार्यविधि तयार गर्ने काम सुरू गरेको छ । नास्टले साहित्य, कला र पत्रकारिता मार्फत् विज्ञान प्रवर्द्धनमा महत्वपूर्ण भूमिका खेल्ने हुँदा कार्यविधि बनाउन समिति नै गठन गरेर काम सुरू गरेको नास्टका उपकुलपति डा. सुनिलबाबु श्रेष्ठले दैनिकीलाइ जानकारी दिए । उपकुलपति श्रेष्ठले  विज्ञान, कला र साहित्यले समाजलाई पुर्नजीवन दिने भएकाले त्यसकालागि समाजको अभिन्न अंगको रुपमा विकास गर्न लागिएको बताए ।

तस्बीरमा संयोजक बुलन्द थापा र सदस्य लक्ष्मण डंगोल ।

कार्यविधि लेखनका लागि नास्टका प्राज्ञ प्रा डा बुलन्द थापाको संयोजकत्वमा सात सदस्यीय समिति गठन गरिएको छ । समितिमा नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ प्राडा गोबिन्द पौडेल, नेपाल एकेडेमी अफ् फाइन आर्ट, नाफाका रमेशनाथ खनाल, काठमाडौं विश्वविद्यालय स्कुल अफ् आर्टस्का सहप्राध्यापक सुजन चित्रकार, ललितकला क्याम्पसका डा. एमप्रसाद शर्मा, रिभोसाइन्सका सम्पादक लक्ष्मण डंगोल रहेका छन भने नास्टका वरिष्ठ प्रवर्द्धन अधिकृत प्रियादर्शन मानन्धर सदस्य सचिव तोकिएका छन । समितिको पहिलो बैठक यही कात्तिक २७ गते बसेर काम सुरू गरेको छ ।

प्रकाशित मिति : November 15, 2019 at 2:57 pm