रुप ज्योतिविरुद्धको ठगी मुद्दा : अदालत नपुग्दै फिर्ता हुने संकेत
२९ कात्तिक, काठमाडौं । पूर्वअर्थ सहायकमन्त्री तथा ज्योति समूहका उपाध्यक्ष रुपज्योति कंशाकारविरुद्धको ठगी मुद्दा अदालत नपुग्दै फिर्ता हुने संकेत देखिएको छ । ठगीमा संलग्न रहेको भन्दै प्रहरीलाई उनीसहित उनको छोरीलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको थियो ।
उजुरीकर्ता विजेन्द्रकृष्ण मल्लले आफ्नो जाहेरी फिर्ता लिने भनी जिल्ला सरकारी वकिल कार्यालय, काठमाडौँमा निवेदन दिएपछि रुपज्योतिविरुद्धको मुद्दा अदालत नपुग्ने लगभक निश्चित देखिएको हो ।
मल्लले रुपज्योतिबाट बैनाबापतको रकम पाइसकेको भन्दै बुधबार सरकारी वकील कार्यालयमा जाहेरी फिर्ता लिने भनेर निवेदन दिएका थिए ।
सरकारी वकिल कार्यालयले बिहीबारै यस विषयमा थप अनुसन्धानको प्रतिवेदन (मिसिल) लाई महानगरीय प्रहरी परिसर टेकुमा पठाइसकेको छ ।

प्रकाशित मिति : November 15, 2019 at 7:36 am







