१० जेष्ठ २०८३, आइतबार | Sun May 24 2026

भारतीय पर्यटकलाई बन्धक बनाएर लुटपाट गर्ने नेपाली कांग्रेस नेता दोङसहित ८ जना पक्राउ

२७ कात्तिक, काठमाडाैँ । भारतीय पर्यटकलाई बन्धक बनाएर लुटपाट गर्ने नेपाली कांग्रेसका नेतासहित ८ जना पक्राउ परेका छन ।  पक्राउ पर्नेमा काभ्रेको मण्डनदेउपुर–१२ का नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि दिलबहादुर दोङसहित ८ जना छन् । प्रहरीले १२ जना पक्राउ गरे पनि ८ जनालाइ हिरासतमा राखेर संलग्ननता नदेखिएका चार जनालाइ छाडेको छ । महानगरीय प्रहरी वृत्त, सोह्रखुट्टेका डीएसपी सन्तोषसिंह राठौरका अनुसार एक साता अघि नै पक्राउ गरिएको हो ।

उनीहरूलाइ चोरी, डाँका सम्बन्धी कसूरमा मुद्दा चलाइएको छ । भारतबाट घुम्न आएको ६ जनाको समूहमा रहेका मध्ये ३ जनालाई दोङसहितको समूहले ट्याक्सीमा हालेर उत्तरढोकामा रहेको एउटा कोठामा बन्धक बनाएको प्रहरीले जनाएको छ । पीडितले साँझ स्पाका लागि निस्किएका वेला अपहरण गरी डेढ लाख रुपैयाँ भारु लुटिएको हो । यो समूह विदेशी पर्यटकको लुटपाटमा संलग्न पेशेवर गिरोह भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट देखिएको छ ।

प्रकाशित मिति : November 13, 2019 at 10:01 pm