१० जेष्ठ २०८३, आइतबार | Sun May 24 2026

रगतको चरम अभाव न्यूनिकरणका लागि नुवाकोटको विदुरमा  लायन्स क्लबको अगुवाइमा रक्तदान

२७ कात्तिक, काठमाडौँ । नुवाकोटमा हुने गरेको चरम रगतको अभाव न्यूनिकरणको लागि बुधबार रक्तदान कार्यक्रम सम्पन्न भएको छ । विदुर नगरपालिका वडा नं ४ बट्टार स्थित नुवाकोट आर्दश बहुमुखी क्याम्पसमा भएको कार्यक्रममा २० जनाले रक्तदान गरेका छन । लायन्स क्लब अफ नुवाकोट क्यापिटल, दारी ग्याङ्ग नुवाकोट र समृद्ध नुवाकोटको संयुक्त आयोजनामा भएको उक्त कार्यक्रमको मुख्य उद्देश्य जिल्लामा रगतको अभाव हुन नदिनु भएको आयोजकले जनाएको छ ।

रगतको मागलाई बुझेर रक्तदान कार्यक्रमको आयोजना गर्दै आएको कार्यक्रम संयोजक सुवास श्रेष्ठले बताउनुभयो । रगतको अभावले बिरामीलाई समस्या नहोस् भनेर यस्ता कार्यक्रमहरु नियमित आयोजना गरिने जानकारी लायन्स क्लव अफ नुवाकोट क्यापिटलका संस्थापक अध्यक्ष सविन राज भण्डारीले बताउनुभयो। संसारमै मानवीय सेवा र सामाजिक क्रियाकलापमा लायन्स क्लवको भुमिका अब्बल मानिन्छ।

प्रकाशित मिति : November 13, 2019 at 9:34 pm