१० जेष्ठ २०८३, आइतबार | Sun May 24 2026

वैज्ञानिकहरुले प्राप्त गरेको ज्ञान सर्वसाधारणको पहुँचमा पुर्‍याउन पहिलो पटक विज्ञान संवादको थालनी

२७ कार्त्तिक, काठमाडौं । विश्व विज्ञान दिवस तथा अन्तर्राराष्ट्रिय पेरियोडिक तालिकाको एकसय पचास वर्षको अवसरमा ‘वोपन सायन्स, लिभिङ् नो वन विहाइन्ड’ अन्तर्क्रियात्मक कार्यक्रम गरिएको छ । नेपाल रसिया साइन्स सोसाइटीले रसियन सेन्टर फर सायन्स एण्ड कल्चरसँगको सहकार्यमा आयोजना गरिएको उक्त कार्यक्रममा प्रमुख अतिथि नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान, नास्टका उपकुलपति डा. सुनिलबाबु श्रेष्ठले मुलुकको उद्मशिलता विकासमा सहयोग पुर्‍याउने खालका कार्यक्रम लागू गरिने बताएका छन् ।

‘विगतमा युवा लक्षित कार्यक्रम नास्टले प्रयाप्त समेट्न सकेको थिएन भन्दै उपकुलपति श्रेष्ठले भने, ‘अवको एक महिना भित्र युवाले गर्न चाहेको उद्धयमलाई सहयोग गर्ने कार्यक्रम सञ्चालन हुनेछ ।’ त्योसँगै विज्ञान प्रविधिको क्षेत्रमा संस्थागत विकासका लागि अन्यसंस्थासँग हातेमालो गर्न वार्षिक तालिका निर्माण अभियानमा नास्ट लागि परेको छ ।

सोसाइटीका अध्यक्ष तथा पूर्व विज्ञान तथा प्रविधि मन्त्री इन्जिनियर गणेश साहले मुलुकमा विज्ञान गतिविधि बढाउन आफूहरुले विश्व विज्ञान दिवस र रसियन वैज्ञानिक मेन्डेलिफ सम्झनामा अन्तर्क्रियात्मक कार्यक्रम आयोजना गरेको बताए । विद्यालयका बालबालिकामा यस्ता कार्यक्रमले सकारात्मक सन्देश जाने उनले उल्लेख गरें । सोसाइटीका सचिव सुरेश भट्टराईले विद्यार्थीलाई वैज्ञानिक तथा युवा उधमीले गरेका कामका बारेमा जानकारी हुने बताए ।

‘वोपन सायन्स, लिभिङ नो वन विहाइन्ड’

विज्ञानको अधिकतम विकास भएसँगै समाजले वैज्ञानिक ज्ञानको आवश्यकता महशुस गर्दछ, त्यसलाई वैज्ञानिकहरुले आर्जन गरेको ज्ञान सर्वसाधारणको पहुँचमा पुर्‍याउन पर्दछ भन्ने बहस विश्वमा चलिरहेको छ ।

नेपालमा पनि वैज्ञानिक समुदायले गरेका काम सर्वसाधरण मानिसमा कसरी पुर्‍याउन सकिन्छ, त्यसमा विज्ञान पत्रकारिताको अवस्था, नवउद्यमी, वैज्ञानिकका समस्या तथा चुनौति र आर्टिफिसियल इन्टलिजेन्सका कुरामा बहस चलाएका थिए ।

उक्त कार्यक्रममा रिभोसाइन्सका सम्पादक लक्ष्मण डंगोल, पाइला टेक्नोलजीका इन्जिनियर सागर श्रेष्ठ, नास्टका वैज्ञानिक रोशन पाण्डे, आर्टिफिसियल इन्टलिजेन्स फर डिभलपमेन्टका क्षितिज रिमाल, जैविकप्रविधिका अनुसन्धानकर्ता डा. विष्णु मरासैनी र रसायनशास्त्रका भानुभक्त न्यौपानेसँग पत्रकार मणि दाहालले संवाद गरेका थिए । रिभोसाइन्स मिडियासँगको सहकार्य

प्रकाशित मिति : November 13, 2019 at 5:22 pm