७ कार्तिक २०८३, शुक्रबार | Fri Oct 23 2026

युनेस्कोको ४० औँ महासभामा शिक्षामन्त्री गिरीराजमणि पोखरेलले शनिबार सम्बोधन गर्ने

२७ कात्तिक, पेरिस । संयुक्त राष्ट्रसंघको शैक्षिक वैज्ञानिक तथा सांस्कृतिक संगठन युनेस्कोको ४० औँ महासभा फ्रान्सको पेरिसमा सुरु भएको छ । महासभामा भाग लिन शिक्षामन्त्री गिरीराजमणि पोखरेलको नेतृत्वको टोली हिजै पेरिस पुगेको छ । १९३ राष्ट्र को प्रतिनिधित्व रहेको महासभा बैठकमा शिक्षा मन्त्री एवं यूनिस्कोको लागि नेपालका अध्यक्ष पोखरेलले शनिबार अर्थात १६ नोभेम्बरमा सम्बोधन गर्ने कार्यक्रम रहेको छ । बुधबार मन्त्रीस्तरीय बैठकमा सहभागी हुँदैछन ।

महासभामा उच्च शिक्षा तथा समावेशिता नेपालको उच्च शिक्षाको स्थितिका विषयमा मन्त्री पोखरलले सम्बोधन गर्ने बैठकमा सहभागी मन्त्रीका स्वकीय सचिव विनाेद न्याैपानेले जानकारी दिए । शिक्षाको क्षेत्रमा महत्वपूर्ण भूमिका रहेको युनेस्को महासभा बैठक नोभेम्बर १७ सम्म सञ्चालन हुनेछ । महासभाले नयाँ नेतृत्व समेत चयन गर्नेछ ।

स्वकीय सचिव न्याैपानेका अनुसार महासभामा नेपालका स्थायी प्रतिनिधि राजदूत दीपक अधिकारी, यूनेस्को लागि नेपालका सहायक महासचिव डा. बाबूराम अधिकारी, पेरिसस्थित उपनियोग प्रमुख खड्गप्रसाद दहाल, नेपालको लागि विश्व शिक्षक महासंघ प्रतिनिधि राजेन्द्रराज पौडेल लगायत सहभागी भएका छन ।

प्रकाशित मिति : November 13, 2019 at 1:00 pm

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/