१० जेष्ठ २०८३, आइतबार | Sun May 24 2026

राजा वीरेन्द्रको निजी निवास र गणतन्त्र स्मारक खुला गर्ने तयारी

२७ कात्तिक, काठमाडौं । नारायणहिटी संग्रहालय स्थापना भएको ११ वर्षपछि संग्रहालयलाई विकास समिति बनाउने तयारी छ । यस्तै गणतन्त्र स्मारक, राजा वीरेन्द्रको आवास गृह श्रीसदनलगायत अन्य संरचना अवलोकन गर्न मिल्ने गरी व्यवस्था मिलाउन लागिएको छ ।

यसका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले कार्यकारी प्रमुख नियुक्ति प्रक्रिया अघि बढाएको र आवश्यक पर्ने दरबन्दी, बजेट कर्मचारी व्यवस्थापन लगायतका विषयमा अध्ययन सुरु गरेको नेपाल समाचारपत्रले खबर छापेको छ ।

यही कात्तिक ५ गते बसकेको मन्त्रिपरिषद् बैठकले नारायणहिटी संग्रहालयलाई विकास समिति बनाउने निर्णय गरेको थियो । सोही निर्णयका आधारमा मन्त्रालयले योजना तयार गरेको हो ।

प्रकाशित मिति : November 13, 2019 at 8:57 am