बङ्गलादेशका राष्ट्रपति आउँदा मालबाहक सवारी चक्रपथभित्र प्रवेश नगराउन ट्राफिक प्रहरीकाे आग्रह
२५ कात्तिक, कैलाली । बङ्गलादेशका राष्ट्रपति अब्दुल हमिदको चार दिने औपचारिक नेपाल भ्रमणका अवसरमा सवारी व्यवस्थापनमा सहयोग गर्न उपत्यकावासीलाई महानगरीय ट्राफिक प्रहरी महाशाखाले अनुरोध गरेको छ । महाशाखाले आज एक विज्ञप्ति जारी गरी मङ्गलबारदेखि यही कात्तिक २९ गतेसम्म हुने नेपाल भ्रमणका समयमा ठूला मालबाहक सवारीसाधन चक्रपथभित्र प्रवेश नगरिदिनु हुन सबै नागरिकमा आग्रह गरेको हो ।

मुख्य सवारी मार्गको प्रयोग नगरी अन्य वैकल्पिक सडकको प्रयोग गर्न तथा अनावश्यक सवारीसाधन प्रयोग नगर्न महाशाखाले उपत्यकावासीसँग आग्रह गरेको छ । सवारी मार्गमा पुराना र अवस्था ठीक नभएका सवारीसाधन नचलाउन तथा हर्नको प्रयोग नगर्न पनि ट्राफिक प्रहरीले भनेको छ । यसैगरी उक्त समयमा ट्राफिक समस्या परेमा ट्राफिक प्रहरीको हटलाइन नम्बर १०३ मा फोन गर्न चालकलाई आग्रह समेत गरिएको छ ।
प्रकाशित मिति : November 11, 2019 at 6:42 pm









