सेनामा नक्कली प्रमाणपत्र छानबिन, दुई उपरथीले दिए राजीनामा
२२ कात्तिक, काठमाडौं । नेपाली सेनाभित्र नागरिकता र शैक्षिक प्रमाणपत्र छानबिन प्रक्रिया अघि बढेपछि दुई उच्च अधिकारीले पदबाट राजीनामा दिएका छन् । राजीनामा दिनेमा लेखा प्रमुखको जिम्मेवारीमा रहेका उपरथी (मेजर जर्नेल) भुवन अधिकारी र सिरिया फोर्स कमान्डका अस्थायी नियुक्ति पूरा गरी फर्किएका उपरथी (मेजर जर्नेल) शिवराम खरेल छन् ।

स्रोतका अनुसार उनीहरुको नागरिकता र शैक्षिक प्रमाणपत्रका विषयमा जंगी अड्डामा परेको उजुरीमा छानबिन भइरहेको छ । अधिकारीको राजीनामापत्र मन्त्रिपरिषद्बाट स्वीकृत भइसकेको छ नागरिक दैनिकले समाचार छापेको छ । उनीमाथि शक्तिको आडमा लामो समयदेखि लेखा प्रमुखमा रहेर आर्थिक अनियमितता गरेको आरोप लागेको छ ।
प्रकाशित मिति : November 8, 2019 at 8:32 am









