१० जेष्ठ २०८३, आइतबार | Sun May 24 2026

काठमाडाैँमा भारतिय प्रधानमन्त्री मोदीको पुत्ला दहन

२१ कात्तिक, काठमाडाैँ । आज राजधानीको बागबजारमा भारतिय पक्षले एकतर्फी रुपमा नेपालको सिमालाई आफ्नो भन्दै नक्साङ्कन गरेको विरोध स्वरुप भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्ला दहन गरेको छ । यसै सन्दर्भमा अखिल (क्रान्तिकारी) का केन्द्रिय अध्यक्ष आलोक रायमाझीले भने, ‘कालापानी र लिपुलेकसहित नेपाल भारत सिमाका ७१ स्थानमा विवाद छ । भारतसँग जोडिएका २६ मध्ये २३ जिल्लामा सिमा समस्या रहेको छ ।

ताप्लेजुङ्गदेखि दार्चुलासम्म गरी भारतले ६०,६२७ हेक्टर मिचेको छ । १८५० किलो मिटर सिमा जोडिएको मध्ये ६ किलो मिटर विवादित छ । यो भारतको विस्तारवादी निति र हेपाहा प्रवृतिको हामी घोर विरोध गर्छौ त्यही प्रवृतिको विरुद्धमा आज भारतिय प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्ला दहन गरी संकेतिक विरोध गरेका छौ, असमान सुगौली सन्धीलाई खारेज गर्दै तिस्टा(काँगाडा फिर्ताको निम्ती सम्पूर्ण नेपाली जनतालाई आन्दोलनमा उत्रिनको निम्तीसमेत जोडदार अपिल गर्दछु ।’भोलीदेखि संयुक्त विद्मार्थी संगठनहरुले थप आन्दोलनका कार्यक्रमहरुसमेत गरिने जानकारी गराएको छ ।

प्रकाशित मिति : November 7, 2019 at 1:55 pm