नियन्त्रित लागूऔषध सहित धादिङबाट २ जना पक्राउ
२१ काततिक, धादिङ । नियन्त्रित लागूऔषध सहित २ जना पक्राउ परेका छन् । धादिङकाे गजुरी गाउँपालिका-२ मलेखुस्थित सडकबाट नियन्त्रित लागूऔषध नाईट्रोसन २ सय ८८ एम्पुल, बुप्रेनोर्फिन ५० एम्पुल, फेनरागन ५० एम्पुल, डाइजेपाम ५० एम्पुल सहित मंगलबार साँझ २ जनालाई प्रहरीले पक्राउ गरेको हाे । पक्राउ पर्नेहरुमा रुपन्देही देवदह नगरपालिका-७ बस्ने २८ वर्षीय सूर्य लामिछाने र लमजुङ सुन्दरबजार नगरपालिका-८ बस्ने २८ वर्षीय आकाश क्षेत्री रहेका छन् ।

प्रहरीले लु.३३ प २७२५ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा मोटरसाइकल चालक लामिछाने र मोटरसाइकलमा सवार क्षेत्रीको साथबाट उक्त परिमाणको लागूऔषध फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ
प्रकाशित मिति : November 7, 2019 at 11:15 am









