१० जेष्ठ २०८३, आइतबार | Sun May 24 2026

गोरुसिङ्गे–सन्धिखर्क सडकखण्डको नरपानीमा कार दुर्घटना, तीन जनाको घटनास्थलमै मृत्यु

२० कात्तिक, अर्घाखाँची । अर्घाखाँचीको नरपानीमा कार दुर्घटना हुँदा तीन जनाको मृत्युभ भएको छ । दुर्घटनामा २ जना घाइते भएका छन । मृतक तीनै जनाको घटनास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ । रुपन्देहीको सैनामैनाबाट सन्धिखर्क आउँदै गरेको बा १७ च ६९१७ नम्बरको कार बुधबार बिहान गोरुसिङ्गे–सन्धिखर्क सडकखण्डको नरपानीमा दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक (डीएसपी) प्रकाश बिष्टले जानकारी दिए ।

दुर्घटनामा ज्यान गुमाउनेको पहिचान खुल्न नसकेको प्रहरीले जनाएको छ । घाइतेलाई उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र पठाइएको डीएसपी बिष्टले बताए । कार सडकबाट तल खसेको छ । कार तीव्र गतिका कारण दुर्घटनामा परेको अनुमान गरिएको छ ।

प्रकाशित मिति : November 6, 2019 at 11:10 am