१० जेष्ठ २०८३, आइतबार | Sun May 24 2026

नुवाकोटबाट माेटरसाइकल चाेरी गरेर लैजाँदै गर्दा धादिङका सागर पक्राउ

१९ कात्तिक, नुवाकाेट । नुवाकोटबाट माेटरसाइकल चाेरी गरेर लैजाँदै गरेका एक युवक पक्राउ परेका छन् । प्रहरीले साेमबार बिदुर नगरपालिका वडा नं.-८ हात्तिगौडास्थित सुमन घलेको घरको अगाडी पार्किङ गरि राखेको बा ८५ प ५२४३ नं. को २२० सि.सि.को पल्सर मोटरसाईकल चोरी गरि लैजादै गरेको अवस्थामा धादिङका सागर लामा तामाङलाई पक्राउ गरेकाे हाे ।

नगर प्रहरी कार्यालय कोलनी र प्रहरी चौकी सामरी नुवाकोटबाट खटिएकाे प्रहरी टोलीले पिछा गर्ने क्रममा जिल्ला नुवाकोट बिदुर नगरपालिका वडा नं.१३ हुलाकघर भन्ने स्थानबाट धादिङ नेत्रावती गा.पा.वडा नं.-५ बस्ने बर्ष २० को सागर लामा तामाङलाई चाेरीकाे उक्त मोटरसाईकल सहित नियन्त्रणमा लिएकाे हाे । प्रहरीले यस सम्बन्धमा आवश्यक अनुसन्धान भईरहेको जनाएकाे छ ।

प्रकाशित मिति : November 5, 2019 at 7:20 pm