१० आश्विन २०८३, शनिबार | Sat Sep 26 2026

नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर श्रेष्ठ निलम्बित, छानबिन गर्न तीन सदस्यीय समिति गठन

१८ कात्तिक, काठमाडाैँ । नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठ निलम्बनमा परेका छन्। मन्त्रिपरिषद्को निर्णयअनुसार उनी माथि छानबिन गर्न समिति गठन भएपछि उनी पदबाट स्वतः निलम्बनमा परेका हुन्। सरकारले नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठमाथि छानबिन गर्न राष्ट्र बैंकलाई पत्राचार गरेपछि तीन सदस्यीय छानबिन समिति गठन गरिएको छ ।

राष्ट्र बैंकले श्रीराम पौडेलको संयोजकत्वमा रामजी रेग्मी र डा सुबोध कुमार कर्ण गरी ३ सदस्यीय छानबिन समिति गठन गरेको हो। छानबिन समितिलाई ३० कार्यदिनको कार्यअवधि तोकिएको छ। श्रेष्ठमाथि एनसेल लाभकर विवाद, व्यवसायी अजेय सुमार्गीले विदेशबाट ल्याएको विवादास्पद रकम फुकुवामा सहयोग गरेको आरोप छ। एक महिनाभित्रमा समितिले छानबिन प्रतिवेदन सञ्चालक समितिमा पेश गर्ने गरि समयावधी दिइएको छ।

प्रकाशित मिति : November 4, 2019 at 11:23 am