१० जेष्ठ २०८३, आइतबार | Sun May 24 2026

लावस पठाइदिने भन्दै ४ जनाबाट २४ लाख ठगी गर्ने श्रीमान–श्रीमती पक्राउ

१७ कात्तिक, काठमाडौँ । लावस पठाइदिने भन्दै ठगी गर्ने श्रीमान–श्रीमती पक्राउ परेका छन् । विभिन्न व्यक्तिलाई वैदेशिक रोजगारीको लागि लावस पठाइदिने भन्दै ठगी गर्ने मकवानपुरको हेटौडा उपमहानगरपालिका वडा नम्बर १२ स्थित सिग्रेनी सोल्टिचोक बस्ने विजय थिङ् लामा र उनकी श्रीमती सजना थिङ् लामालाई प्रहरीले पक्राउ गरेकाे हाे ।

उनिहरू वैदेशिक रोजगारको लागि वर्किङ भिषामा लावस पठाइदिने भन्दै प्रलोभनमा पारेर २४ लाख २० हजार ठगी गरी गरेर फरार भएका भएका थिए । ठगीमा परेका रामेछाप नगरपालिका–६ स्थित ओख्रेनी वस्ने नविन कुमार तामाङ सहित ४ जना पीडितले दिएको उजुरीको आधारमा  महानगरीय अपराध महाशाखाको टोलीले हेटौडास्थित सिग्रेनीबाट पक्राउ गरेर आइतबार सार्वजनिक गरेको हो । उनीहरुले पीडितलाई लावस र भारतको डिल्ली सम्म पुर्याई अलपत्र पारी फरार भएका थिए ।

प्रकाशित मिति : November 3, 2019 at 4:29 pm