९ जेष्ठ २०८३, शनिबार | Sun May 24 2026

अस्ताउँदो सूर्यको पूजाआराधना गरी यसरी मनाइयो छठ (फोटोफिचर)

१६ कात्तिक, काठमाडाैँ । राष्ट्रपति विद्यादेवी भण्डारी छठपर्वको उपलक्ष्यमा आज गुह्येश्वरी जानु भई बाग्मती नदीबीचमा स्थापित छठी माताको मन्दिरमा पूजाअर्चना गर्नुभयो । छठपर्व मनाउन गौरीघाटदेखि गुह्येश्वरीसम्मको इलाकामा बाग्मती नदीको पानीको बहाव रोकेर निर्माण गरिएको तलाउको बीचमा स्थापित छठी माताको मन्दिरमा पुगेर राष्ट्रपति भण्डारीले पूजाअर्चना गर्नुभएको हो । छठपर्वको मुख्य दिन आज साँझ अस्ताउँदो सूर्यलाई पूजाआराधना गरी अघ्र्य दिने गरिन्छ । उक्त ठाउँमा नदीको दुवै किनारमा ६५० भन्दा बढी छठी माताको पूजाका लागि पूजाघाट निर्माण गरिएको छ । नदीका दुवै किनार बिजुली बत्तीले झकिझकाउ पारिएको छ ।

कात्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने सूर्यदेवको आराधना, उपासना र पूजाको छठपर्व बिहीबारदेखि शुरु भएको हो । ‘महाभारत’मा उल्लेख भएअनुसार द्रौपदीसहित पाँच पाण्डवबाट अज्ञातवासमा रहँदा गुप्तवास सफल होस् भनी सूर्यदेवलाई आराधना गरिएको थियो । उक्त समयमा पाण्डव विराट राजाको दरबारमा आश्रय लिएको उल्लेख छ । लोककथनबमोजिम सोही समयदेखि छठ मनाउने परम्पराको थालनी भएको हो ।

सूर्य पुराणानुसार सर्वप्रथम अत्रिमुनिकी पत्नी अनुसुया छठ व्रत बसेकी थिइन् । फलस्वरूप उनले अटल सौभाग्य र पतिप्रेम प्राप्त गरिन् । त्यही बेलादेखि ‘छठपर्व’ मनाउने परम्पराको शुरुआत भएको विश्वास गरिन्छ । छठपर्वमा व्रत बसे दुःख र दरिद्रताबाट मुक्ति पाइन्छ भन्ने जनविश्वास छ । छठी मातालाई झुप्पा–झुप्पा फल चढाउँदा सूर्य प्रशन्न भई व्रतालुका कुटुम्बसहित सबै सन्तानको भलो हुन्छ भन्ने मान्यताअनुरुप भक्तजनले सिङ्गो केराको घरी, भोगटे, बिमिरो, उखु, नरिवलजस्ता माटो माथि र माटोमुनि फल्ने मौसमअनुसारको फलफूल चढाउने गर्दछन् ।

तराई–मधेशमा स्थायी घर भई काठमाडौँ उपत्यकामा विभिन्न पेशा व्यवसायमा संलग्न व्रतालु छठपर्व मनाउन र छठी माताको दर्शनका लागि ठूलो सङ्ख्यामा गुह्येश्वरी क्षेत्रमा पुगेका छन् । कात्तिक शुक्ल षष्ठीका दिन कठोर निराहार व्रत बसी बेलुकी अस्ताउँदो सूर्यलाई पूजाआराधाना गरी अघ्र्य दिने र सप्तमीका दिन बिहान उदाउँदो सूर्यलाई पूजाआराधना गरी विधिपूर्वक अघ्र्य दिएपछि छठपर्व समापन हुन्छ । राजधानीका गुह्येश्वरी, गहनापोखरी, कमलपोखरी, बाग्मती, बल्खु, नख्खु, विष्णुमतीलगायत नदी किनारमा पनि भव्यरूपमा छठपर्व मनाइँदै छ । तस्बीरहरूः रासस

छठ पर्व २०७६ को अवसरमा कमलपोखरीमा अस्ताउँदो सूर्यलाई पूजा गर्दै सर्वसाधारण महिलाहरु । तस्वीर ः प्रदीपराज वन्त

उपराष्ट्रपति नन्दबहादुर पुन …पासाङ’ छठ पर्वको अवसरमा काठमाडौँको कमलपोखरीमा छठी माताको आराधना गर्नुहुँदै । तस्वीर ः प्रदीपराज वन्त

बाराको कलैया नगरपापालिका –१ राममन्दिर परिसरमा शनिबार छठ पर्वका अवसरमा पूजा गर्दै स्थानीयवासी । तस्बिरः रत्न श्रेष्ठ

बाराको कलैया नगरपापालिका –१ राममन्दिर परिसरमा शनिबार छठ पर्वका अवसरमा पूजा गर्दै स्थानीयवासी । तस्बिरः रत्न श्रेष्ठ

जनकपुरको गंगासागर, धनुषसागर, अंगराज सरलगायतका पोखरीमा आज बेलुका सूर्य देवता र छठी माताको पूजा आराधना गरी मनाइने छठ पर्वका लागि सामग्री तयार गर्दै भक्तजन । तस्बिरः अजयकुमार साह

जनकपुरको गंगासागर, धनुषसागर, अंगराज सरलगायतका पोखरीमा आज बेलुका सूर्य देवता र छठी माताको पूजा आराधना गरी मनाइने छठ पर्वका लागि तयारी सामग्री । तस्बिरः अजयकुमार साह

जनकपुरको गंगासागर, धनुषसागर, अंगराज सरलगायतका पोखरीमा आज बेलुका सूर्य देवता र छठी माताको पूजा आराधना गरी मनाइने छठ पर्वका लागि तयारी सामग्री । तस्बिरः अजयकुमार साह

वीरगञ्जको घडिअर्वा पोखरी परिसरमा शनिबार अस्ताउँदो सूर्यलाई अघ्र्य अर्पण गर्दै व्रतालु । तस्बिर ः विजयकुमार महतो

सूर्यको आराधाना गरी मनाइने छठ पर्वको अवसरमा शनिबार दमौलीस्थित मादी नदी किनारमा पूजाअर्चना गर्दै भक्तालु । सन्तान प्राप्ति, निरोगिता, सुख, समृद्धि र चर्मरोग निको हुने जनविश्वास अनुरुप पारस्परिक आत्मीयता र सदभावको प्रतीकको रुपमा यो पर्व मनाइन्छ । तस्वीर ः कृष्ण न्यौपाने

विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीलगायत छठ पर्वका सन्दर्भमा अस्ताउँदो सूर्यलाई अघ्र्य दिन घस्रर्दै सिंघिया घाटतर्फ जाँदै । तस्वीरः मनोज दाहाल

वीरगञ्जको घडिअर्वा पोखरी परिसरमा छठ पर्वका अवसरमा छठी माताको पूजा अराधना गर्दै व्रतालु । शनिबार अस्ताउँदो सूर्यलाई अघ्र्य अर्पण गर्दै शुरु भएको छठ पूजा भोलि आइतबार उदाउँदो सूर्यलाई अघ्र्य अर्पण गरेपछि सम्पन्न हुनेछ । तस्बिर ः विजयकुमार महतो

राष्ट्रपति विद्यादेवी भण्डारी शनिबार छठ पर्वको अवसरमा काठमाडौँको कमलपोखरीमा अस्ताउँदो सूर्यलाई अघ्र्य दिनुहुँदै । तस्बिर ःप्रदीपराज वन्त

प्रकाशित मिति : November 2, 2019 at 7:08 pm