९ जेष्ठ २०८३, शनिबार | Sun May 24 2026

३ वर्षीय बालकको घाँटी रेट्ने नुवाकोट बेलकोटगढीकी पार्वती रानामगर पक्राउ

१५ कात्तिक, काठमाडौँ । बेलकोटगढी नगरपालिका–१२ देउराली लामाटोलमा आफ्नै फूपूले खुर्पा प्रहार गर्दा तीन वर्षीय बालकको मृत्यु भएको छ । स्थानीयवासी ३ वर्षका सुजन रानामगरको मृत्यु भएको हो । रानामगरको घरमा कोही नभएको समयमा उनकै फूपु २८ वर्षीया पार्वती रानामगरले आज खुर्पा प्रयोग गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी नायब उपरीक्षक राजेश थापाले जानकारी दिनुभयो ।

पार्वतीको मानसिक सन्तुलन ठीक नभएको बताइएको छ । उनलाई प्रहरीले पक्राउ गरेको छ । बालकको शव परीक्षणका लागि त्रिशूली जिल्ला अस्पताल लागिएको छ । छोराको हत्यापछि सुजनका बुबा आमा भने भाववह्वल भएका छन ।

प्रकाशित मिति : November 1, 2019 at 9:51 pm