९ जेष्ठ २०८३, शनिबार | Sun May 24 2026

म्याग्दीमा जिप दुर्घटना, २ जनाको मृत्यु

१५ कात्तिक, म्याग्दी । म्याग्दीको मालिका गाउँपालिका–२ रुममा आज दिउँसो जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । दरवाङ बजारदेखि रुम जाँदै गरेको ध१ज ५९८ नंको जिप बिलबाङगाउँ नजिकैको दरखाको आसन भन्ने ठाउँमा दुर्घटना भएको हो । मृतकमध्ये मालिका गाउँपालिका–२ का सकबहादुर विकको पहिचान खुलेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक धु्रवप्रसाद शर्माले बताउनुभयो । अर्का एक मृतकको पहिचान खुलेको छैन ।

फाइल फाेटाे

प्रहरी निरीक्षक शर्माका अनुसार जिपभित्र बसेका १५ जना सकुशल छन् । छतमा चढेका तीन जना जिप पल्टिँदा उछिट्टिएर सडकको डिलबाट भिरमा खसेका थिए । रुखमा अड्किएका एक जनाको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । उकालो बाटोमा जिप पछाडि घस्रिएर सडकमै पल्टिएको घटनास्थल पुगेका मालिका गाउँपालिका–६ का वडाध्यक्ष सन्तोष सुवेदीले बताउनुभयो । इलाका प्रहरी कार्यालय दरवाङबाट गएको प्रहरी टोली, रेडक्रसकर्मी, जनप्रतिनिधि र स्थानीयवासीहरु उद्धारमा खटिएका थिए ।

प्रकाशित मिति : November 1, 2019 at 4:14 pm