प्रधानमन्त्री ओलीले क्रिकेट टोलीका कप्तान ज्ञानेन्द्रलाई दिए बधाई
१५ कात्तिक, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली क्रिकेट टोलीको कप्तानमा छानिएका ज्ञानेन्द्र मल्ललाई बधाई दिएका छन् ।शुक्रवार ट्वीट गर्दै उनले कप्तान मल्ललाई शुभकामनासहित उनको नेतृत्वमा नेपाली क्रिकेटले नयाँ उचाइ प्राप्त गर्ने विश्वाससमेत व्यक्त गरेका छन् ।

मल्ललाई केही दिनअघि नेपाल क्रिकेट सङ्घले नेपाली टोलीको कप्तानमा नियुक्ति गरेको हो ।
यस्ताे छ प्रधानमन्त्री ओलीको ट्वीट :

प्रकाशित मिति : November 1, 2019 at 3:28 pm









