९ जेष्ठ २०८३, शनिबार | Sun May 24 2026

२५ भिआइपी जुवाडेलाई ७ दिन थुनामा राख्न अदालतकाे अनुमति

१४ कात्तिक, काठमाडौँ । २५ भिआइपी जुवाडेलाई ७ दिन थुनामा राख्न अदालतले अनुमति दिएकाे छ । काठमाडाैकाे महाराजगञ्जबाट शनिबार राति  पक्राउ परेका २५ जना जुवाडेलाई ७ दिन थुनामा राखेर अनुसन्धान गर्न महानगरीय प्रहरी वृत्त, महाराजगञ्जलाई जिल्ला अदालत, काठमाडौँले अनुमति दिएको हो ।


२ करोड ६७ लाख नगद, बैंक अफ काठमाडौँको ३ लाख रुपैयाँको चेक, ३२ थान कौडा र ४ बुक ताससहित उनीहरु पक्राउ परेका थिए ।अभियुक्तहरुले प्रहरीले आफूहरुलाई गैरकानूनी थुनामा राखेको भन्दै सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेका थिए । पक्राउ परेका क्यासिनो किङका रुपमा चिनिने गुण्डा बलराम सापकोटा उर्फ बले, ठेकदार पवनकुमार गुप्ता, उद्योगी श्रवणकुमार गोयल, एयर डाइनेस्टीका सञ्चालक पवित्रकुमार कार्की, जुवा खेलाउने विक्रम गौतम र मुक्ति लामाले सर्वोच्चमा प्रहरीविरुद्ध रिट दायर गरेका थिए ।

तर, आइतबार, सोमबार र बुधबार वेग्लावेग्लै निवेदन परेपछि बुधबार अदालतका न्यायाधीश पुरुषोत्तम भण्डारीले सबै निवेदनलाई साथमै राख्न आदेश दिएका थिए ।

 

प्रकाशित मिति : October 31, 2019 at 3:06 pm