कपिलवस्तुमा गोली चल्यो, स्थानीय सुरज पाण्डेको मृत्यु
१४ कात्तिक, काठमाडाैँ । कपिलवस्तुमा प्रहरीले गोली चलाएको छ । प्रहरीको गोली लागि स्थानीय सुरज पाण्डेको मृत्यु भएको छ । लक्ष्मी पूजाको मुर्ती बिर्सजनको विषयमा हिन्दू र मुस्लिम समूदायकोबीचमा झडप भएको थियो । झडपपछि स्थानीय प्रशासनले कर्फयु अादेश जारी गरेपनि त्यसको उलंघन गर्दै सडकमा निस्किएका माथि प्रहरीले गोली चलाउँदा पाण्डेको मृत्यु भएको हो । बुधबार बेलुकादेिख नै कपिलवस्तुको कृष्णनगर क्षेत्र तनावग्रास्त बनेको छ ।

वुधवार भएको उक्त झडप उग्र बनेपछी कफ्र्यु आदेश जारी गरेको प्रमुख जिल्ला अधिकारी गजेन्द्र वहादुर श्रेष्ठले वताउनुभयो । झडपमा परी केहि स्थानिय र प्रहरी घाइते समेत भएका छन । विषय सामान्य भएभपनि विवाद उत्कर्षमा पुगेकोले अवस्था जटिल बनेको प्रहरीको वुझाई छ । प्रहरीले झडपलाई नियन्त्रण गर्न वुधवार मात्र ५० राउण्ड अश्रुग्यास प्रहार गरेको थियो ।
आज विहान जिल्ला प्रशासनले कृष्णनगर भन्सार कार्यलय देखी उत्तर तर्फ ७ सय मिटर,पश्चिम तर्फ ७ सय मिटर,पुर्व तर्फ ३ सय मिटरमा कफ्र्यु लगाइएको जनाएको छ । कफ्र्यु आदेश अवज्ञा गरे कानुन बमोजिम कारवाही हुने जिल्ला प्रशासनले जनाएको छ ।

प्रकाशित मिति : October 31, 2019 at 12:48 pm









