रोकी राखेको बसमा अज्ञात समुहद्धारा आगजनी
१३ कात्तिक, काभ्रेपलाञ्चोक । अरनिको राजमार्गअन्तर्गत बनेपा नगरपालिका–१२ स्थित साँगामा आज अपराह्न यात्रुवाहक बसमा आगजनी भएको छ । रोकी राखेको बसमा अज्ञात समुहद्धारा आगजानी भएको इलाका प्रहरी कार्यालय बनेपाले जनाएको छ ।

बा३ख ८०३४ नंको बसमा आगजनी भएको प्रहरी निरीक्षक निरञ्जन भट्टराईले जानकारी दिनुभयो । उहाँका अनुसार केही महीनादेखि यात्रुविहीन अवस्थामा रोकिराखेको बसमा आगजनी भएको हो । आगजनीबाट बस पूर्णरुपमा क्षतिग्रस्त भएको छ । घटनाबारे छानबिन शुरु गरिएको इप्रका बनेपा प्रनि भट्टराईले बताउनुभयो ।
प्रकाशित मिति : October 30, 2019 at 9:09 pm









