अहिलेसम्मकै सबैभन्दा ठूलो परिमाणको १३ टन सुनसहित समातिए चिनियाँ नागरिक
१३ कात्तिक, काठमाडाैँ । चिनिया कम्युनिष्ट पार्टीका एक नेता अहिलेसम्मकै सबैभन्दा ठूलो परिमाणको सुनसहित समातिएका छन । उनी अबैध सुन र पैसा सहित समातिएका हुन । हेनान प्रान्तअन्तर्गतको हाइकु पार्टी कमिटीका सचिव तथा हेनान प्रान्तका स्थायी समिति सदस्य रहेका ५८ वर्षीय झाङ क्यू अवैध ३० अर्ब नगद र १३ टन सुनसहित पक्राउ परेका हुन् ।

चिनियाँ प्रहरीले उनले भ्रष्टाचार गरी जोडेको रकम र सुनसहित उनलाइ पक्राउ गरेको जनाएको छ । क्युले हेनान प्रान्तका एक अधिकारीसंग ३० अर्ब रुपैयाँ घुस लिएका थिए । उनले साढे १३ टन अर्थात १२ हजार २ सय ४६ किलोग्राम सुन पनि घुस लिएका थिए । झाङले कानूनको गम्भीर उल्लंघन गरेर सम्पती जोडेको चीनयाँ भ्रष्टाचार अध्ययन कमिटीले जनाएको छ । उनी पक्राउ परेसँगै पार्टीका सबै कमिटीबाट निलम्बन गरिएको छ ।
प्रकाशित मिति : October 30, 2019 at 11:35 am









