९ जेष्ठ २०८३, शनिबार | Sun May 24 2026

सोलुखुम्बुको एक होटलमा बेलायती नागरिक केलीनु जोसेफ मृत फेला

१३ कात्तिक, काठमाडाैँ । सोलुखुम्बुमा एक जना विदेशी पर्यटक मृत अवस्थामा भेटिएका छन । जिल्लाको खुम्बु पासाङल्हामु गाउँपालिका वडा नम्बर-४, लबुछेमा एक विदेशी नागरिक मृत फेला परेका हुन् । मगंलबार बिहान साढे ६ बजे होटलमा सुतिरहकैे अवस्थामा ५४ वर्षिया बेलायती नागरिक केलीनु जोसेफको मृत फेला परेको प्रहरीले जनाएको छ ।

मृत्युको कारण भने खुल्न नसकेकाे र शवको मंगलबारै कानुनी प्रकृया पूरा गरी हेलिकप्टर मार्फत काठमाण्डौ पठाइएको प्रहरी निरीक्षक उत्तम कार्कीले जानकारी दिएका छन ।

प्रकाशित मिति : October 30, 2019 at 9:05 am