राजनीतिक परिवर्तन अस्वीकार गर्ने पूर्व राजा ज्ञानेन्द्र शाहको संकेत केका लागि ?
१३ कात्तिक, काठमाडौँ । भाइटीकाको दिन पूर्वाराजा ज्ञानेन्द्र शाहमा चढेको एउटा भूत जुन परिवर्तन आत्मसात नगर्ने खालको थियो । शुभसाइत भन्दा एकघण्टा अघि नै मंगलबार टीका लगाएका पूर्वराजा शाहले सञ्चारकर्मीसँग दुइ कुरा गरे । उनले राजनीतिक परिवर्तन नमान्ने र परिवर्तनकर्तालाइ अफ्ठेरो पर्ने तर्क गरे ।
ज्ञानेन्द्रको सामान्य खालको भुतबाट तर्सने हाम्रो नेपाली राजनीतिलाइ यसले अबको केहीदिन तरंगित गर्नेमा कुनै शंका छैन । किनकी सामान्य खालको प्रतिक्रिया जनाउँदा त ज्ञाेन्द्रलाइ जेल हाल्ने धम्की दिने राजनीतिक दलका नेताहरूले ज्ञानेन्द्रले मंगलबार भाइटीकासँगै दिएको अभिव्यक्ति परिवर्तन पक्षधरहरूका निम्ति त्यति सुखद छैन् ।

बहिनी शोभाको घरमा पुगेर साइत भन्दा एक घण्टा अघि नै टीका लगाएर पूर्व राजा शाहले सञ्चारकर्मीबीचमा चर्को असन्तुष्टि व्यक्त गरे । उनले देशमा राजनीतिक परिवर्तन भएर पनि विकास र प्रगति हुन नसकेको बताए । उनले परिवर्तनका दुईवटा शर्त पूरा नभए परिवर्तनकारी नै अफ्ठ्यारोमा पर्ने बताए । उनले भने ‘जुनसुकै पनि परिवर्तन हुँदाखेरि दुइटा महत्वपूर्ण कुरा हुनुपर्छ। एउटा प्रगति र अर्को विकास परिवर्तनका शर्त हुन्।’ ज्ञानेन्द्र अझै अघि भने ‘यी दुइटा कुरालाई मनन् गरिएन भने परिवर्तन मानिँदैन र परिवर्तनकर्ताहरुलाई अफ्ठ्यारो पर्न सक्छ।’
प्रकाशित मिति : October 30, 2019 at 8:34 am









