९ जेष्ठ २०८३, शनिबार | Sun May 24 2026

मध्यरातमा जुवाको खालबाट भगाइएका भिआइपी, जसका लागि ऐन पनि चैन बन्छ

११ कात्तिक, काठमाडौँ । प्रहरीले महाराजगञ्जको एउटा ठूलो जुवा खालमा छापा मारेर २ करोड ६७ लाख रुपैयाँसहित २५ जना जुवाडेलाई पक्राउ गरेर वाहीवाही कमाइरहेको छ । तर त्यही प्रहरीले तीन जना जुवाडेहरूलाइ भगाएको आरोप लागेको छ । प्रहरी स्रोतका अनुसार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री धनबहादुर बुढा, पूर्व गृहराज्यमन्त्री समेत रहेका नपाली कांग्रेस प्रदेश ३ का संसदीय दलका नेता इन्द्र बानियालाइ प्रहरीले नै जुवाखालबाट भगाएको बुझिएको छ ।

प्रहरी स्रोतले राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष पिताम्बर तिमल्सिना समेत जुवा खालमै रहेको सूचना पाएको तर उनी श्रवण गोयलसँगै भागेको बताएको छ । सनराइज बैंकका पूर्व सञ्चालक एवं एक्साभेटर व्यापारी गोयलपछि अर्को साथी भगाउँछु भनेर जाँदा पक्राउ परका थिए । पक्राउमा संलग्न र अन्य उच्च प्रहरी अधिकृतहरूबाट सुरूमा सूचना चुहिए पनि पछि प्रहरीले बुढा, बानियाँ र तिमल्सिनाको विषय पुष्टि गरेको छैन । गोयल एकदम विवादित व्यापरी हुन । उनले जयबहादुर चन्दलाइ अाइजिवी बनाउन एक करोड लगानी गरेका थिए ।

यद्यपी पक्राउ परेका माध्ये एकले बुढालाइ पहिल्य नै सूचना दिएर त्यहाँबाट भगाइएको बताएका छन । त्यस्तै कांग्रेस नेता बानियाँ प्रहरी नियन्त्रणमा परिसकेपछि छुटेको बताइएको छ । बुढा चाहिँ प्रहरी पुग्नुभन्दा ३० मिनेटअघि मात्र जुवाको खालबाट उठेका थिए । उनलाइ प्रहरीले नै सूचना दिएका थिए । तिमल्सिना पनि प्रहरीसँगको सेटिङमा भगाइएको बुझिको छ । काठमाडौं प्रहरी प्रमुख एसएसपी उत्तमराज सुवेदीका अनुसार जुवा खेल्न को–को पुगेका थिए भन्नेबारेमा भने अनुसन्धान भइरहेको छ ।

पक्राउ परेकालाई प्रहरीले महानगरीय प्रहरी वृत्त महाराजगञ्जमा रोखेको छ । पक्राउ परेका जुवाडेहरूमा बलराम सापकोटा, सोभित सिलवाल, प्रदीप बोगटी, रामकृष्ण केसी, इन्दु श्रेष्ठ, रञ्जन राजवंशी, सीताराम खड्का, रोशन तामाङ, राम तामाङ, कृष्ण भण्डारी, सुमन गुरुङ, सुमन अग्रवाल, सोदेल कार्की, पवन अग्रवाल, पवित्रकुमार कार्की, बलराम सापकोटा, मुक्ति लामा, भक्त तामाङ, शम्भु बुढाथोकी, प्रेम थापामगर, अशोक श्रेष्ठ रहेका छन् । यसैगरी हलामप्रसाद पराजुली, बुद्ध लामा, थम्कु शेर्पा र नवाङ लामा रहेका छन् ।

प्रहरीले भन्दाबढी जुवाडेहरू समातेर राम्रो गर्यो जसको सामाजिक सञ्जालमा समेत व्यपक प्रशांशा र वाहीवाही पाएको छ । तर केही भिआइपी भनिएका जुवाडे कतिलाइ सूचना दिएर भगाउने र कतिलाइ पक्राउ गरेर छाडेको भन्दै सामाजिक सञ्जालमा समेत आक्रोश पोखिएको छ । प्रहरी र कानुन सबैका लागि समान हुनुपर्नेमा भिआइपी जुवाडेका लागि अरूका लागि आकर्षित हुने ऐन समेत चैन भनेको भन्दै बिरोध भैरहेको छ।

प्रकाशित मिति : October 28, 2019 at 10:40 am