७ जेष्ठ २०८१, सोमबार | Mon May 20 2024

उत्तर र दक्षिण कोरियाका नेता ६० वर्षपछि एेतिहासिक वार्तामा


१४ वैशाख, काठमाडाैँ । उत्तर कोरियाली प्रमुख नेता किम जोङ उन र दक्षिण कोरियाली राष्ट्रपति मुन जाइ इनबीच शिखर बैठक भर्खरै सुरु भएको छ। दक्षिण कोरियाको राष्ट्रपति कार्यालय ब्लु हाउसका अनुसार स्थानीय समयअनुसार बिहान ठिक साढे ९ बजे उत्तर नेता किम पैदल नै सीमा पार गर्दै बैठक स्थल पुगेका थिए। उत्तरका नेता किमलाई स्वागत गर्न दक्षिण राष्ट्रपति मुन सीमाक्षेत्रमा नै पुगेका हुन।

सन् १९५० देखि १९५३ सम्म चलेको कोरियाली युद्धपछि दक्षिण कोरियामा पाइला टेक्ने किम उत्तर कोरियाका पहिलो शाषक हुन्। पानमुनजोमको पिस हाउसमा स्थानीय समयअनुसार साढे १० बजे वार्ता सुरु हुनुअघि दुवै राष्ट्रप्रमुखलाई ‘गार्ड अफ अनर’ दिइएको थियो। उत्तर कोरियाका नेता किम जोन उन सन् १९५३ पछि पहिलो पटक दक्षिण कोरिया पुग्ने पहिलो राष्ट्रिपति बनेका छन् ।

सन् १९५३ मा भएको युद्धपछि दुई देशको सीमामा शुक्रबार किम जोन र दक्षिण कोरियाका राष्ट्रपति मून जेइ इनबीच भेटवार्ता भएको हो । सन् १९५३ पछि दुई देशबीच बढ्दै गएको तनाव यो भेटपछि सुध्रिने विश्वास लिइएको छ । भेटमा उत्तर कोरियाको परमाणु कार्यक्रम रोक्ने विषयमा छलफल हुने जनाइएको छ ।

उत्तर कोरिया र दक्षिण कोरियाको सीमा क्षेत्रमा किम र मुनले हात हल्लाउने छन । दुवै कोरियाका नेताले कोरियाकै परम्परा अनुसार भेटघाट गरेका हुन् । दक्षिण कोरियाका नेता किमसँगको भेटपछि उत्तर कोरियाका नेता मुनले किमलाई भेट्न पाएकोमा आफू खुशी भएको बताएका छन् ।

शुक्रबार बिहान उत्तर कोरियाको पामुन्जोम क्षेत्रको प्रशासनिक भवनबाट किम जोन उन उत्तर र दक्षिण कोरियाको सीमा रेखातिर लम्केका थिए जहाँ उनलाई दक्षिण कोरियाका नेता मून जेइ इन कुरिरहेका देखिन्थे ।

किमले हँसिलो चेहरामा मून नजिकै आएर हात मिलाएका थिए । त्यसपछि दुवै नेताले फोटो खिचाएका थिए । त्यसपछि दुवै कोरियाका नेताले उत्तर कोरियाको भू–भागमा टेकेका थिए र हात समाएरै फेरि दक्षिण कोरियाकै भू–भागमा फर्किएका थिए ।

दुवै नेता रातो कार्पेटबाट दक्षिण कोरियाको सैनिक सम्मानमा सहभागी भएका थिए । त्यसपछि दुवै नेता वार्ताका लागि पिस हाउस प्रवेश गरेका थिए ।

प्रकाशित मिति : १४ बैशाख २०७५, शुक्रबार ०८:४१