७ जेष्ठ २०८१, सोमबार | Mon May 20 2024

अमेरिकाद्धारा टिपिएस सुविधा खारेज, ९ हजार नेपालीले एक वर्ष भित्र अमेरिका छाड्नुपर्ने


१४ वैशाख, काठमाडौँ । अमेरिकाले टेम्पोररी प्रोटेक्टेट स्टाटस् (टीपीएस) सुविधा पाएका ९ हजार नेपालीलाई देश निकाला गर्ने घोषणा गरेको छ । अब अमेरिका रहेका ९ हजार नेपालीले १२ महिना भित्र अमेरिका छाड्नु पर्ने भएको छ ।

अमेरिकाको डिपार्टमेन्ट अफ होमल्यान्ड सेक्युरिटीका सचिव क्रिश्जेन एम नेलसनले एक विज्ञप्ति जारी गर्दै टीपीएस सुविधा खारेज भएको घोषणा गरेकी छिन । उनको यो घोषणासहित ९ हजार नेपालीले अमेरिका छाड्नुपर्ने भएको छ ।

नेपालमा बिक्रम संवत् २०७२ सालमा आएको विनाशकारी भूकम्पको कारण देखाउँदै अमेरिका सरकारल डकुमेन्टबिना अमेरिकामा बसिरहेका नेपालीहरुलाई टीपीएस सुविधा दिएको थियो अब त्यो सुबिधा खारेज भएको छ । उक्त सुविधा अमेरिकाको डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीले नेपाली नागरिकलाई दिँदै आएको थियो ।

प्रकाशित मिति : १४ बैशाख २०७५, शुक्रबार ०८:२५