सेना र सशस्त्र प्रहरीको अथक प्रयासले लामोसाँघु सब स्टेशनको आगो एक घण्टापछि नियन्त्रणमा
१० कात्तिक, काठमाडौँ । नेपाल विद्युत प्राधिकरणको लामोसाँघु सब स्टेशनमा भएको भीषण आगलागी नियन्त्रणमा अाएको छ । सिन्धुपाल्चोकको लामोसाँघुमा रहेको लामोसाघु सब स्टेसनमा भएको भीषण आगलागी नेपाली सेना, सशस्त्र प्रहरीको टोलीले एक घण्टा लामो प्रयासपछि निन्यत्रणमा लिएका हुन ।

आगलागी पूर्ण रूपमा नियन्त्रणमा अाएको छ । घटनास्थलमा आगो नियन्त्रण गरिरहेका सुरक्षाकर्मीका अनुसार मध्यान्ह १२ बजेर २३ मिनेट जाँदा एउटा ट्रान्सफरम पड्किएको थियो । त्यसपछि त्यसैबाड आगलागीको ठूलो रूप लिएको हो । तस्बीर पत्रकार दिनेश थापाको फेसबुकबाट ।
प्रकाशित मिति : October 27, 2019 at 2:04 pm









