९ जेष्ठ २०८३, शनिबार | Sat May 23 2026

हाम्रो यात्रा सांसद र मन्त्रीको लोगो भिर्न मात्रै नभई समृद्ध राष्ट्र निर्माणका लागि होः मन्त्री बाँस्कोटा

८ कात्तिक, काभ्रे । सञ्चार तथा सूचना प्रविधिमन्त्री एवम नेकपा काभ्रेपलाञ्चोकका इञ्चार्ज गोकुलप्रसाद बाँस्कोटाले पार्टीको एकता सम्पन्न गरेर औपचारिक रुपमा पार्टी बनिसकेको उल्लेख गर्दै नेकपा काभ्रेमा ड्रागन बनेको बताउनुभएको छ । नेकपा काभ्रेपलाञ्चोकले आज बनेपामा तिहार, नेपाल सम्वत ११४० र छठ पर्वको उपलक्ष्यमा आयोजना गरेको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा बोल्दै उहाँले अब पार्टी एकताबद्ध भइसकेको र जिल्लाको सबै स्थानीय तह जित्नका लागि पनि एकताले नयाँ शक्ति पैदा गरेको उहाँले बताउनुभयो ।

मन्त्री बाँस्कोटाले भन्नुभयो  “हाम्रो यात्रा चुनावदेखि चुनावसम्म तथा सांसद र मन्त्रीको लोगो भिर्नका लागि मात्रै नभई समृद्ध राष्ट्र निर्माणका लागि हो” । आत्मनिर्भर राष्ट्र निर्माणका लागि सम्पूर्ण स्रोतसाधन र सीपको एकमुस्ट परिचालन आवश्यक भएको उहाँको भनाइ थियो । नेकपा प्रदेश नं ३ का अध्यक्ष नारायण दाहालले सरकारले जनताको साथमा नै गएर काम गर्न सक्नुपर्नेमा जोड दिनुभयो ।

प्रकाशित मिति : October 25, 2019 at 10:33 pm