१० आश्विन २०८३, शनिबार | Sat Sep 26 2026

दीर्घकालीन सोचका साथ अगाडि बढे मात्र समृद्धिको दिशामा अघि बढ्न सकिन्छः वरिष्ठ नेता नेपाल

८ कात्तिक, काभ्रे । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपालले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) जनताले धेरै आशा र अपेक्षा गरेको पार्टी भएकाले सबैसँग हातेमालो गरेर देश र जनताको पक्षमा काम गर्न जनप्रतिनिधि र पार्टी नेता कार्यकर्ताहरूलाई आग्रह गर्नुभएको छ । नेकपा काभ्रेपलाञ्चोकले आज बनेपामा तिहार, नेपाल सम्वत ११४० र छठ पर्वको उपलक्ष्यमा आयोजना गरेको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा नेता नेपालले सबै मिलेर काम गरे मात्रै सरकारका लागि काम गर्ने वातावरण निर्माण हुने बताउनुभयो ।

“सबैले आ–आफ्नो जिम्मेवारी सम्हालेर जनताको पक्षमा काम गरे नेकपासँग कुनै पार्टीले प्रतिस्पर्धा गर्न सक्दैन”, उहाँले भन्नुभयो, “जनभावनाअनुसार राष्ट्रिय योजना बनाएर देशको विकास गरेर अगाडि बढ्नुपर्छ ।” वरिष्ठ नेता नेपालले दीर्घकालीन सोचका साथ अगाडि बढे मात्र समृद्धिको दिशामा अघि बढ्न सकिने बताउनुभयो ।

प्रकाशित मिति : October 25, 2019 at 10:31 pm