हिरासतमा दशैँ गुजारेका महराको तिहार पनि उतै, कसुर प्रमाणित गर्न डिएनए परीक्षण गरिदैँ
८ कात्तिक, काठमाडाैँ । हिरासतमा दशैँ गुजारेका कृष्णबहादुर महराको तिहार पनि उतै हुने भएको छ। रोशनी शाहीको संगतले सभामुख पदसमेत गुमाएका महराले तिहार पनि हिरासतमै बिताउने भएका छन । उनलाइ तिहार पूरा हुने गरी बिहीबार अदालतले हिरासतमै राख्ने अनुमति दिएको छ । काठमाडौं जिल्ला अदालतले यौन हिंसाको अभियोगमा थुनामा रहेका पूर्वसभामुख कृष्णबहादुर महरालाई थप सात दिन थुनामा राखी अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिइसकेको छ ।

जिल्ला न्यायाधीश सुदर्शनराज पाण्डेको इजलासले बिहीबार म्याद थपसहित महराको रगत निकाली डीएनए परीक्षण गर्नसमेत आदेश दिएको छ । जबरजस्ती करणी कसुरमा अनुसन्धान सहज पार्न यसअघि नै डीएनए परीक्षणका लागि प्रहरीले रगत लिन खोजे पनि महराले दिन आनकानी गरिरहेका थिए । यस्तो आदेशले थप अनुसन्धानका लागि प्रहरीलाई बाटो खुला भएको छ ।
प्रकाशित मिति : October 25, 2019 at 9:28 am









