नेपाल प्रहरीका पूर्व महानिरीक्षक हेमबहादुर सिंहको निधन, भोलि बिहान अन्त्येष्टि गरिने
७ कात्तिक, काठमाडाैँ । नेपाल प्रहरीका पूर्व महानिरीक्षक हेमबहादुर सिंहको निधन भएको छ । अठासी बर्षिय सिंहको काठमाडौंस्थित ह्याम्स अस्पतालमा निधन भएको परिवारले जनाएको छ । सिंह पछिल्लो समय फोक्सोमा समस्या आएपछि उपचार गराउँदै थिए । झण्डै चार बर्ष नेपाल प्रहरीको नेतृत्व सम्हालेका सिंह नेतत्वका लागि बाविल मानिन्थे । स्वर्गीय सिंहको भोलि बिहान ८ बजे पशुपति आर्यघाटमा अन्त्यष्टी गरिने पारिवारिक स्रोतले जानाएको छ ।

प्रकाशित मिति : October 24, 2019 at 10:49 pm









