९ जेष्ठ २०८३, शनिबार | Sat May 23 2026

नुवाकोटका नवराज न्याैपाने र केशव अर्याल सालकको खपटा र बाघको छालासहित कपनबाट पक्राउ

७ कात्तिक, काठमाडाैँ ।  काठमाडौं महानगरपालिका-२६ नरसिंह चोकबाट दुर्लभ वन्यजन्तु सालकको खपटा करिब १ केजी ४ सय ग्राम र निगालो बाघको छाला ३ फिट ११ ईन्ज सहित २ जनालाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा काठमाडौं कपन बस्नेहरू नुवाकोट किस्पाङ गाउँपालिका-३ घर भएका २८ वर्षीय नवराज न्यौपाने र गोरखा सिरान चोक गाँउपालिका-६ घर भएका २२ वर्षीय केशव अर्याल रहेका छन् ।

दुर्लभ वन्यजन्तुको अवैध कारोबार भइरहेको भन्ने सूचनाको आधारमा महानगरीय प्रहरी वृत्त लैनचौरबाट खटिएको प्रहरीले शंकास्पद अवस्थामा हिँडिरहेका उनीहरुलाई जाँच गर्ने क्रममा उक्त खपटा र छाला सहित फेला पारी पक्राउ गरेको हो । पक्राउ परेका दुबै जनालाई उक्त खपटा र छाला सहित आवश्यक कारवाहीका लागि जिल्ला वन कार्यालय हात्तिसार पठाइएको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

प्रकाशित मिति : October 24, 2019 at 8:54 pm