९ जेष्ठ २०८३, शनिबार | Sat May 23 2026

भारत घुम्न गएका नेपालीको कार चोरी

७ कात्तिक, काठमाडौँ । भारत घुम्न गएका नेपालीको कार चोरी भएकाे छ । सुदूरपश्चिम प्रदेशको महेन्द्रनगरबाट नैनीताल घुम्न गएका नेपालीको कार चोरी भएको हो । अमेरिका बस्दै आएका दीपकराज घर आएको मौकामा आफ्नो परिवारजन र साथी लिएर नैनीताल घुम्न गएका थिए ।

गत सोमबार नैनीताल पुगेका उनीहरु चिडियाघर रोडस्थित एक होटलमा बसेका थिए । पार्किङ गरेको ठाउँबाटै राति कार चोरी भएको बताइएको छ । भारतीय अखबार ‘अमरउजाला’ को अनलाइन संस्करणमा जनाइएअनुसार तीन दिन बित्दासमेत प्रहरीले कार फेला पार्न वा चोरहरुको बारेमा पत्ता लगाउन सकेको छैन । होटल तथा आपसासका क्षेत्रमा रहेका सीसीक्यामेराको मद्दतबाट चोरहरुका बारेमा पत्ता लगाउने प्रयास भइरहे पनि सफलता मिल्न नसकेको उक्त अखबारले जनाएको छ ।

प्रकाशित मिति : October 24, 2019 at 11:36 am