९ जेष्ठ २०८३, शनिबार | Sat May 23 2026

काठमाडाैँकाे चाबहिलमा घर भत्किँदा ४ जना घाइते 

६ कात्तिक, काठमाडौँ । चाबहिलमा घर भत्किँदा ४ जना घाइते भएका छन् । बुधबार दिउँसो भत्किएको उक्त घरमा परी ४ जना घाइते भएका हुन् । घाइते मध्ये एकजना बाटोमा हिँडिरहेका र तीनजना मजदुर रहेको महानगरीय प्रहरी वृत्त गौशालाका सई पूर्ण कार्कीले जानकारी दिए। उनका अनुसार धाइते दुई जनाको अवस्था सामान्य छ । उनीहरु घर फर्किसकेका छन् ।

अन्य दुई जनाको दीर्घायु अस्पतालमा उपचार भइरहेकाे छ । चार दिनदेख पुरानाे घर भत्काउन थालिएको थियो। तर, बुधबार भत्काउने क्रममा एक्कासी ढलेको हो।

प्रकाशित मिति : October 23, 2019 at 4:16 pm