९ जेष्ठ २०८३, शनिबार | Sat May 23 2026

आफ्नै १५ वर्षीया छोरीलाई बलात्कार गर्ने बाबू पक्राउ

६ कात्तिक, वीरगञ्ज । आफ्नै १५ वर्षीया छोरीलाई बलात्कार गर्ने बाबू पक्राउ परेका छन् । प्रहरीले वीरगञ्ज महानगरपालिका ११ श्रीपुरका ४० वर्षीय युवकलाई पक्राउ गरेको हो । मादक पदार्थ सेवन गरी सोमबार आफ्नै १५ वर्षीया छोरी बलात्कार गरेको प्रहरीले जनाएको छ । सोमबारको घटनापछि राति ११ बजे टोलमा होहल्ला भएको थियो । मंगलबार बिहान प्रहरीमा उजुरी परेलगत्तै प्रहरीले किशोरीका बाबुलाई पक्राउ गरेको हो ।

आमा रोजगारीका लागि कुवेतमा गएकाे र घरमा कोही नभएको मौका छोपी विगतमा पनि आफूलाई पटकपटक बलात्कार गरेको पीडित किशोरीले बताएकी छन् । युवकमाथि अनुसन्धान सुरु भएको पर्सा प्रहरीले जनाएकाे छ ।

प्रकाशित मिति : October 23, 2019 at 3:48 pm