७ जेष्ठ २०८१, सोमबार | Mon May 20 2024

गुल्मीमा जिप दुर्घटना, १ जनाको मृत्यु


६ कात्तिक, काठमाडाैँ । गुल्मीको जयखानीमा गएराती जिप दुर्घटना हुँदा १ जनाको मृत्यु भएकाे छ । कालिगण्डकी गाउँपालिका–३ मा लु १ च ४५५८ नम्वरको जिप ब्रेक फेल भई दुर्घटना हुँदा सोही वडाका ४८ बर्षीय झुमबहादुर बिकको मृत्यु भएकाे हाे । बिककाे पाल्पा मिशन अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

फाइल फाेटाे

जिल्ला प्रहरी प्रमुख एसपी राजेन्द्र सिंह खड्काले बिकको मृत्यु भएको पुष्टि गर्दै अर्का एक जना सामान्य घाईते भएको जानकारी दिए । जिप चालकलाई नियन्त्रणमा लिईएको र घटनाको थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएकाे छ ।

प्रकाशित मिति : ६ कार्तिक २०७६, बुधबार ०९:२८