११ श्रावण २०८३, सोमबार | Mon Jul 27 2026

उन्नतीस अंकले घट्यो शेयर बजार

१३ वैशाख, काठमाण्डौ । शेयर बजार दोहोरो अंकले ओरालो लागेको छ ।

लगातार घट्दै आएको बजार आज २९.२५ अंकले ओरालो लागेर नेप्से परिसूचक एक हजार ३५७ बिन्दुमा आइपुगेको हो ।यस्तै ‘क’ वर्गका कम्पनीको शेयर मापन गर्ने सेन्सेटिभ परिसूचकसमेत ६.०६ बिन्दुले कमी आई २८७.०६ बिन्दुमा आइपुगेको छ ।

कूल १५९ कम्पनीको १३ लाख ३८ हजार ७३७ कित्ता शेयर रु ६३ करोड ८४ लाख ४३ हजार ३६३ मूल्यमा खरिद बिक्री भएको स्टकले जनाएको छ ।

स्टकका अनुसार बैंकिङ २१.४२, होटल ४७.०९, विकास बैंक ३४.७५, जलविद्युत् ४६.६८, फाइनान्स ११.६१, बीमा २३१.१२, उत्पादन ३७.४१, अन्य १२.५४ र माइक्रोफाइनान्स समूह ४३.२६ अंकले ओरालो लागेको थियो । साताको पहिलो दिन गत आइतबार ५० अंकले बढेको बजार त्यसपछि भने लगातार ओरालो लाग्दै कारोबार बन्द भएको छ ।रासस

प्रकाशित मिति : April 26, 2018 at 5:33 pm