७ जेष्ठ २०८१, सोमबार | Mon May 20 2024

नागढुंगा सुरूङविरूद्ध भ्रम छर्दै कांग्रेस नेता महत, जनतालाई भेडाँबाख्रा सम्झिन्छन किन ?


४ कात्तिक, काठमाडौँ । नेपाली कांग्रेसका नेता एवं पूर्व अर्थमन्त्री डा रामशरण महतका स्वकीय सचिव रमेश महतले नागढुंगा सुरूङ मार्गको विषयमा भ्रम छर्ने कोशिश गरेका छन । जनतालाइ भेडाँबाख्रा सम्झने नेताहरूको बानी नै हो अझ भनौ उनीहरूले जति जनताले कहिल्यै जान्दैनन भनेको जस्तो नेताहरूले गर्ने गरेका छन । यस्तै गरेका छन नुवाकोट कांग्रेसका नेता रमेश महतले पनि ।

उनले आइतबार चन्द्रागिरीमा शिलान्यास गरिएको नागढुंगाको सुरूङ मार्गका विषयमा केही भ्रम छर्ने कोशिश गरेका छन । शायद यो नेपाली कांग्रेसको भित्री नीति पनि हो । उनले सामाजिक सञ्जाल फेसबुक मार्फत सुरूङ दोस्रो पटक शिलान्यास भएको र ६ वर्षअघिमात्र प्रक्रिया सुरू भएको गलत कुरा गरेका छन । महतले भनेको जस्तो यो सुरूङ मार्गको दोस्रो पटक शिलान्यास भएकै हैन र छैन ।

आइतबार शिलान्यास भएको नाागढुंगाको सुरूङ सवारीसाधन कुदाउनकै लागि निर्माण गर्न लागिएको मुलुककै पहिलो हो र यसको शिलान्यास पनि पहिलो पटक प्रधानमन्त्री केपी शर्मा ओलीबाट भएको छ । त्यस्तै साल कन्दा १० वर्ष र दिन कन्दा ९ वर्ष अघि नै यो सुरूङको प्रक्रिया सुरू भएको हो । तर महतले ६ वर्षअघिमात्र सुरूङको प्रक्रिया सुरू भएको दलिल पेस गरेका छन । जबकी २०६७ साल माघ २० गते यही सुरूङमार्ग निर्माण गर्न सुरू गर्ने महत्वकांक्षी निर्णय गरेर झलनाथ खनालले प्रधानमन्त्रीको कार्यभार सम्हालेका थिए ।

त्यसपछि उनले कुनै बेलामा यसको शिलान्यास गरेका छैनन् । तर उनले तेस्रो झुटका रूपमा खनालले पहिलो पटक शिलान्यास गरेको दलिल पेश गरेका छन  । खनाल स्वयंले दैनिकी डटकमसँगको विशेष अन्तर्वार्तामा २०६७ सालमा आफू प्रधानमन्त्री हुँदा गरेको निर्णय ढिलै भए पनि कार्यान्वयन भएको भन्दै खुशी व्यक्त गरेका छन । आइतबार चन्द्रागिरीमा आयोजित समारोहमा भने आयोजकले पूर्वप्रधानमन्त्री समेत रहेका नेकपाका वरिष्ठ नेतालाइ बोल्न दिएन । त्यसमा भौतिक पूर्वाधार तथा यातायान्त्री रघुवीर महासेठको भूमिका रहेको आशंका गरिएको छ ।

महतले फेसबुकमा लेखेको टिप्पणी जस्ताको त्यस्तै

“६ बर्ष अगाडि प्रकृया शुरु गरिएको सुरुंगमार्गको दोश्रो पटक शिलान्यास आज”

धादिङको सिस्नेखोलादेखि काठमाडौंको नागढुंगा (दहचोक) जोड्ने सुरुङमार्गको शिलान्यास दोश्रो पटक आज भएको छ।यदि सुरुङमार्ग निर्माण सुरु भयो भने ६ वर्ष अगाडिदेखिको तयारीले मुर्तरुप लिनेछ। यो आयोजनामा जापान सरकारको ऋण १६.६ अर्ब र नेपाल सरकारको ५.५३ अर्ब रुपैयाँ खर्च हुनेछ। नागढुंगा सुरूङमार्ग शिलान्यास यो दोश्रो पटक हो।पहिले तत्कालिन प्रम झलनाथ खनालबाट ऊक्त सुरुंग मार्ग शिलान्यास भईसकेको थियो।

आयोजनाको प्रारम्भिक अध्ययन सन् २०१४ मा नै सुरु भएको थियो । सन् २०१६ मा आर्थिक स्रोत सुनिश्चित गरेर २०१७ बाट डिजाइन थालिएको थियो । सुरुङमार्ग २.६८ किलोमिटर (२ हजार ६ सय ८८ मिटर) लामो हुनेछ।२२ अर्बको लगानीमा सम्पन्न हुने ऊक्त योजना ४२ महिनामा सम्पन्न हुने लक्ष छ।

सडक विभाग अन्तरगतको नागढुंगा सुरुङमार्ग आयोजनामार्फत यसको निर्माण गर्न लागिएको हो । डिसेम्बर महिनाबाट जापानी ठेकेदार कम्पनी हाजमा–आन्दोले यसको निर्माण सुरु गर्ने तयारि रहेको छ।यो नेपालको पहिलो सुरुङमार्ग हो।

प्रकाशित मिति : ४ कार्तिक २०७६, सोमबार २३:३७