धादिङको धुनिबेसी नगरपालिकामा प्रेसरकुकर बम, सेनाको टोली घटनास्थलमा
३ कात्तिक, काठमाडाैँ । पृथ्वी राजमार्गको धादिङ जिल्लाको धुनिबेसी नगरपालिकाको चालिसे भन्ने स्थामा प्रेसरकुकर बम भेटिएको छ । सडक कर उठाउने गरिएको ढाटको छेउमा प्रेसरकुकर बम भेटिएको प्रहरीले जनाएको छ । बम भएको स्थानमा अहिले प्रहरीको नियन्त्रणमा रहेको नेपाली सेनाको बम डिस्पोजल टोली समेत घटनास्थलमा पुगेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक रुपक खड्काले बताएका छन । झोलाभित्र प्रेसर कुकर देखिएको छ । त्यो विष्फोटक पदार्थले भरिएको हुनसक्ने प्रहरीले बताएको छ ।

प्रकाशित मिति : October 20, 2019 at 10:20 am









