६ कार्तिक २०८१, मंगलवार | Tue Oct 22 2024

एनआरएनएमा कुमारको प्यानलै जित नजिक, कांग्रेस निकट कुल समर्थक होटलबाट बाहिरिन थाले

१  कात्तिक, काठमाडौँ । नयाँ नेतृत्वका लागि बिहीबार भएको गैर(आवासिय नेपाली संघ (एनआरएनए)को निर्वाचनमा कुमार पन्तको प्यानल नै जित नजिक पुगेको छ । अहिले पनि मतगणना जारी छ । तीन सय मत गन्न बाँकी रहँदा अध्यक्षमा कुमार पन्त अर्का अध्यक्षका उम्मेदवार भन्दा १३२ मतले अघि रहेका छन । उनै मतान्तर अझै बढाउँदै लगेकाछन ।

त्यस्तै पदाधिकारी र सदस्यहरूमा पनि पन्त प्यानका उम्मेदवारहरू अघि देखिएका छन । अहिले २ हजार भन्दा बढी मत गणना भैसकेको छ । बुधबार इलेक्ट्रोनिक भोटिङ मेसिनको सफ्टवेयरमा खराबी आएको भन्दै कांग्रेस निकटहरूले कागजी मतपत्रबाट मतदान गराउन दबाब दिएपछि सोही अनुसार मतपत्र तयार गरिएको थियो । निर्वाचन समितिले १०ः३० बजेसम्ममा सबै परिणाम अाउने जनाएको छ ।

प्रकाशित मिति : १ कार्तिक २०७६, शुक्रबार ०९:५६