९ जेष्ठ २०८३, शनिबार | Sat May 23 2026

बसभित्रै किशोरीलाई यौन दुर्व्यवहार गरेको अभियोगमा नुवाकाेटका कुमार पक्राउ

३० असोज, काठमाडौँ । बसभित्रै किशोरीलाई यौन दुर्व्यवहार गरेको अभियोगमा नुवाकाेटका एक युवा पक्राउ परेका छन् । १९ वर्षीया किशोरीलाई यौन दुर्व्यवहार गरेको अभियोगमा तार्केश्वर नगरपालिका-६ पैंयुटार बस्ने नुवाकोट घर भएका ३८ वर्षीय मिन कुमार लामालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको हाे ।


तारकेश्वर नगरपालिका-८ शान्तिटोल स्थित सडकमा जितपुर फेदी जाँदै गरेको बा.४ ख ७४७० नम्बरको बसमा लामाले ती किशोरीलाई यौन दुर्व्यवहार गरेको प्रहरीले जनाएकाे छ । प्रहरीले यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको जनाएकाे छ ।

प्रकाशित मिति : October 17, 2019 at 1:53 pm