९ जेष्ठ २०८३, शनिबार | Sat May 23 2026

बलेरोको ठक्करबाट भक्तपुरमा एक महिलाको मृत्यु

३० असोज, मध्यपुरथिमि । मध्यपुरथिमि नगरपालिका–४ एसएसचोकमा बाटो काट्दै गरेकी एक वृद्धा महिलालाई बलेरो जिपले ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यु भएको छ । भक्तपुरबाट काठमाडौँतर्फ जाँदै गरेको बा१४च १६८६ नंको बलेरो जिपले ठक्कर दिँदा पैदलयात्री ओखलढुङ्गा लिखु गाउँपालिका–६ घर भई हाल मध्यपुरथिमि–४ एसएसचोक बस्ने ७६ वर्षीया लक्ष्मीदेवी भट्टराईको मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक रेवतीरमण पोखरेलले जानकारी दिनुभयो ।

तीव्रगतिमा आएको बलेरोले जेब्राक्रसिङबाट बाटो काटिरहेकी महिलालाई ठक्कर दिएर फरार भएका चालक काभ्रे बेथानचोक गापा–३ घर भई हाल काभ्रे भैँसेपाटी बस्ने २४ वर्षीय विनोद घिमिरेले प्रहरी वृत्तमा मध्यपुरथिमिमा आत्मासमर्पण गरेको छ भने घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : October 17, 2019 at 11:58 am