६ कार्तिक २०८१, मंगलवार | Tue Oct 22 2024

गगन थापा र ज्ञानेन्द्र शाहीको आलोचना गरेको भन्दै पुण्य गौतममाथि आक्रमण, ढाडमा गम्भीर चोट

३० असोज, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता पुण्य गौतममाथि एउटा समूहले आक्रमण गरेको छ । गएराति ८ बजेतिर काठमाडौँको रातोपुल नजिक गौतममाथि आक्रम भएको हो । ट्यापे जस्ता देखिने ४ जनाको समूहमा रहेका युवाहरूले गौतम माथि आक्रमण गरेका हुन ।

उनीहरूले गगन थापा, ज्ञानेन्द्र शाही र विश्वप्रकाश शर्माहरूको किन आलोचना गर्छस भन्दै लछारपछार गर्दै भुइँमा पछारेर कुटपिट गरेको गौतमले बताएका छन । कुटपिटबाट गौतमको ढाडमा गम्भीर चोट लागेको छ । उनी अहिले औषधोपचारपछि घरमै  आरम  गरिरहेका छन । गौतमको स्वास्थ्य लाभको कामना गर्दै उनीमाथि भएको आक्रमणको समाजिक सञ्चाजलमा चर्को आलोचना भैरहेको छ ।

प्रकाशित मिति : ३० आश्विन २०७६, बिहीबार १०:५८