९ जेष्ठ २०८३, शनिबार | Sat May 23 2026

१३ जनालाई जिउँदै जलाएर हत्या गरेका आलम सांसद पदबाट निलम्वित

२७ असोज, काठमाडौँ । १३ जनालाई जिउँदै जलाएर हत्या गरेकाे अाराेप लागेका प्रतिनिधिसभाका सांसद मोहम्मद आफताब आलमलाई सांसद पदबाट निलम्वन गरिएको छ । जिल्ला प्रहरी कार्यालय रौतहटबाट प्राप्त कर्तव्य ज्यानसम्बन्धी मद्दाको अनुसन्धानको सिलसिलामा पक्राउ गर्न अनुमति माग गरेसँगै उनि निलम्बनमा परेका हुन् ।

रौतहटको राजापुर नगरपालिका–१ स्थित इद्रिस गेटबाट आलम आइतबार पक्राउ परेका थिए । सङ्घीय सचिवालयद्वारा आज जारी गरिएको सूचनामा आलम पक्राउ गरिएको उपसभामुखलाई जानकारी गराइपछि प्रतिनिधिसभा नियमावलीअनुसार उनकाे सांसद पद निलम्वन गरिएको उल्लेख छ ।

प्रकाशित मिति : October 14, 2019 at 10:54 pm