९ जेष्ठ २०८३, शनिबार | Sat May 23 2026

गाडीको ठक्करबाट चितवनमा १ जनाकाे मृत्यु

२७ असोज, भरतपुर । चितवनमा गाडीको ठक्करबाट एक जनाको मृत्यु भएको छ । आज बिहान पूर्व–पश्चिम राजमार्गअन्तर्गत रत्ननगर नगरपालिका–३ मा गाडीको ठक्करबाट साइकल यात्रीको मृत्यु भएको हो । ठक्कर दिने गाडी फरार रहेको र खोजी कार्य तीव्र पारिएको प्रहरीले जनाएको छ ।

ठक्करबाट घाइते अन्दाजी ३०/३२ वर्षीय पुरुषको भरतपुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । उनको पहिचान खुलेको छैन ।

प्रकाशित मिति : October 14, 2019 at 11:21 am