९ जेष्ठ २०८३, शनिबार | Sat May 23 2026

राैतहटमा एक युवाको गोली हानी हत्या, अपराधिहरू भारततिर भागे

२६ असोज, काठमाडौँ । रौतहटमा एक युवाको गोली हानी हत्या भएको छ । आइतबार साँझ रौतहटको इशनाथ नगरपालिकामा एक युवकको गोली हानेर हत्या भएको हो । स्थानीयलाइ उधृत गर्दै प्रहरीले जनाए अनुसार भारतीय नम्बर प्लेटको मोटरसाइकलमा बीचमा राखेर ल्याएको एक युवकलाई गोली प्रहार गरी सो मोटरसाइकल पुन भारततर्फ फर्किएको छ ।

हत्या गरिएका युवाको पहिचान हुन सकेको छैन भने हत्याराहरूको पनि पहिचान खुल्न जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डिएसपी नविन कार्कीले बताएका छन । कार्कीले भारतबाटै आएका व्यक्तिहरुले कुनै भारतीय नागरिकको हत्या गरेर फरार भएको हुन सक्ने आशंका गरेका छन । मृतक युवक अन्दाजी २५ बर्षको रहेका छन ।

प्रकाशित मिति : October 13, 2019 at 6:53 pm