१० माघ २०८१, बिहीबार | Thu Jan 23 2025

चिनियाँ राष्ट्रपतिको भ्रमणका कारण ५ घण्टा त्रिभुवन विमानस्थल अवरुद्ध हुने

२५ असोज, काठमाडौँ । चिनियाँ राष्ट्रपति शी चिनफिङको नेपाल भ्रमणका कारण आज र भोलि (शनिवार र आइतवार) करीब ५ घण्टा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अन्य उडान तथा अवतरण अवरुद्ध हुने भएकाे छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले शनिवार नोटम जारी गर्दै शनिवार साढे २ घण्टा र आइतबार साढे २ घण्टा गरी ५ घण्टा विमानस्थल अवरुद्ध हुने जनाएको हो ।

प्राधिकरणका अनुसार शनिबार दिउँसो २ बजेर ५५ मिनेटदेखि ५ बजेर २५ मिनेटसम्म तथा आइतबार बिहान ११ बजेर २० मिनेटदेखि दिउँसो १ बजेर ५० मिनेटसम्म आन्तरिक र बाह्यतर्फका सबै उडान प्रभावित हुने जनाएको छ । प्रभावित उडानहरूको व्यवस्थापनका लागि विमानस्थल भने २४ सै घण्टा सञ्चालन गरिने जनाइएको छ ।

प्रकाशित मिति : २५ आश्विन २०७६, शनिबार १३:१७