९ जेष्ठ २०८३, शनिबार | Sat May 23 2026

सीता एयरको विमान ठूलो दुर्घटना हुनबाट जाेगियाे

२५ असोज, काठमाडौँ । रामेछापको मन्थलीबाट सोलुखुम्बुको लुक्लाका लागि उडेको सीता एयरको ‘९ एन–आई–इ’ विमानको पङ्खामा चरा छिरेपछि आकस्मिक अवतरण गरिएको छ । विमानको पङ्खामा चरा छिरेको थाहा पाएपछि पाइलटले विमान पुनः मन्थली एयरपोर्टमै सकुशल अवतरण गरेका हुन् ।

विमानमा १३ जना यात्रु र चालक दलका तीनजना सदस्य रहेको प्रहरीले जनाएकाे छ । विमान आकस्मिक अवतरण गरेसँगै ठूलो दुर्घटना टरेको छ ।

प्रकाशित मिति : October 12, 2019 at 12:19 pm